+44(0) 1234 567 890 info@domainname.com

Monday, June 22, 2015

सिम्रिकको हेलिकप्टर हेर्दाहेर्दै जल्यो खसेयो (भिडियो)

9:39 AM

Share it Please

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

गोरखाबजार, असार ७ – चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९एन एकेएफ कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो । सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि पुनः सामागाउँतर्फ उडाउने क्रममा अनियन्त्रित भएर पल्टेको हो । “सामागाउँमा अवतरण गर्नुपर्ने हेलिकप्टर क्याप्टेन सुरेन्द्र पौडेलले साम्दोमा अवतरण गरे,” हेलिकप्टरमा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख नारायणप्रसाद आचार्यले भने – “सामागाउँ भनेको साम्दो भन्ने बुझेर क्याप्टेनले साम्दोमा हेलिकप्टर अवतरण गर्नुभयो ।” साम्दोबाट पुनः सामागाउँतर्फ उड्न लाग्दा अनियन्त्रित भएर हेलिकप्टर पल्टेको आचार्यको भनाइ छ । “उड्ने बेला भएको थियो । हेलिकप्टर हल्लियो र पल्टियो । एउटा पङ्खा भाँच्चियो,” आचार्यले भने– “धुवाँ पुत्पुताउन सुरु भयो । क्याप्टेनले ढोका खोल्न भ्याए र बाँचियो ।” हेलिकप्टरभित्र रहेका चालक पौडेलसहित खानेपानी कार्यालयका प्रमुख आचार्य, आइएमसी संस्थाका कर्मचारीहरु अमल तुलाधर, विश्व श्रेष्ठ र सौरवराज क्षेत्री थिए । बिहान ९ः४५ बजे काठमाडौँबाट उडेको हेलिकप्टर १०ः५२ बजे साम्दोमा पल्टेको थियो । “एक घन्टासम्म हेलिकप्टरमा आगो लाग्यो,” उनले भने – “आगो निभाउन सक्ने स्थिति थिएन ।” हेलिकप्टरभित्रबाट निसास्सिएर बाहिर निस्केकाले आगो निभाउनेतर्फ कसैले ध्यान दिनै नसकेको आचार्यको भनाइ छ । “नजिकै पानीका स्रोतहरु थिएनन्,” उहाँले भन्नुभयो – “हेर्दाहेर्दै हेलिकप्टर जल्यो । एक सेकेन्डले बाँचियो ।” हेलिकप्टरबाट बाहिर निस्कन पाएपछि सबैजना खुसी भएको आचार्यको भनाइ छ । “दोस्रो जुनी पाएँ । ग्रहदशा सकियो,” उनले भने – “हामी सबै सकुशल छौँ ।” चालक पौडेलको गोडामा सामान्य चोट लागेको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

0 comments:

Post a Comment